२८ कात्तिक, काठमाडौं । सर्भरमा आइरहने समस्याले मतदाता नामावलीमा नाम दर्ता गर्न कठिन भइरहेको छ ।
बिहीबारदेखि राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । अब राष्ट्रिय परिचयपत्र भएकाले घरबाट नै नाम दर्ता गराउन सक्छन् ।



तर, सर्भर डाउन भइरहने हुनाले नाम दर्तामा समस्या भएको जिल्ला–जिल्लाबाट निर्वाचन कार्यालयहरूले बताएका छन् । आयोगका अनुसार क्षमता भन्दा बढी सेवाग्राहीको चाँप भएकाले सिस्टमले थेग्न नसकेको हो ।
